Logo

स्थानीय तह पहिलो चरणको निर्वाचन : ७ ठाउँमा यसरी गर्नुपर्छ मतदान



काठमाडौं, २९ बैशाख । यही बैशाख ३१ गते अर्थात आउने आईतबार स्थानीय तहको पहिलो चरणको निर्वाचन हुँदैछ । निर्वाचनमा उल्लेखनीय जनसहभागिता हुने निर्वाचन आयोगले विश्वास लिएको छ। छोटो समयमा पनि आयोगले द्रुत तयारी गरेको र सम्पूर्ण व्यवस्थापन गरेकोमा चौतर्फी प्रशंसा भैरहेको छ ।

स्थानीय निर्वाचनमा प्रत्येक मतदाताले सात जना प्रतिनिधी छान्नुपर्छ । गाउँ प्रमुख वा नगरप्रमुखका लागि एक मात्रै स्वस्तिक चिन्ह दिनुपर्छ । ठाडो लाइनमा लस्करै रहेका उम्मेदवारहरू मध्ये एक जनलाई मात्रै भोट दिनुपर्छ । त्यस्तै प्रमुखको लाइनपछि रहेको अर्को ठाडो लाइनमा उपप्रमुख वा उपाध्यक्षका उम्मेदवारहरू हुन्छन् । त्यहाँ पनि एक जनलाई मात्रै भोट दिनुपर्छ ।

मतपत्रमा रहेको तेस्रोलाई वडा अध्यक्षको लाइन हो । त्यहाँ पनि एक जनालाई मात्रै मत व्यक्त गर्नुपर्छ । चौथो लाइन महिला वडा सदस्यको हो । त्यहाँ एक जना मात्रै महिला वडा सदस्यलाई भोट दिनुपर्छ ।

https://www.youtube.com/watch?v=5OP0Da3ekwY

https://youtu.be/5OP0Da3ekwY

स्वस्तिक छाप आफूले मन पराएको उम्मेदवारको चुनाव चिन्हको कोठामा लगाउनुपर्छ । र त्यो छाप अन्य कोठामा जानु हुँदैन ।यसरी गाउँ वा नगर प्रमुखलाई एक, उपप्रमुखलाई एक मत नुपर्छ । उपप्रमुख चाहिँ महिला हुने सम्भावना रहन्छ ।

त्यस्तै वडा अध्यक्षलाई एक मत दिनुपर्छ । महिला वडा सदस्यमा एक मत र दलित महिला वडा सदस्यलाई एक मत दिनुपर्छ । अन्य दुई सदस्यलाई एक/एक मत दिनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्