Logo

प्रधानमन्त्री बनाउन प्रचण्डले साथ नदिने सुईंको पाएपछि देउवाले चाले यस्तो कदम



काठमाडौं, २९ बैशाख । यही बैशाख ३१ गते स्थानीय तहको पहिलो चरणको निर्वाचन हुँदैछ । २८३ स्थानमा हुने उक्त निर्वाचनमा कुन दलले बाजी मार्ला भनेर यतिवेला चौतर्फी अड्कलबाजीहरु समेत सुरु भएका छन् ।

पहिलो चरणको चुनावी सरगर्मी यस्तो रोचक देखिएको छ, जुन नेपाली राजनीतिमा विरलै हुने गरेका थिए । दुई विपरित ध्रुवमा बाँधिएका र फरक आईडियोलोजी बोकेका दलहरु नै चुनावी तालमेलका साथ मैदानमा उत्रिएका छन् । खासगरी नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रवीचको चुनावी तालमेल, नेकपा एमाले र राप्रपावीचको तालमेललाई निकै रोचक ढंगले हेरिएको र यो वीचको चुनावी प्रचारप्रसारमा देखिएका कुराहरु हुन् ।

सत्तारुढ दल काँग्रेस र नेकपा माओवादी केन्द्रवीच पनि धेरै ठाउँमा चुनावी तालमेल भएका छन् । जुन कुरा काँग्रेसी कार्यकर्ताहरुलाई त्यति पचेको छैन र चौतर्फी पार्टी सभापति शेरबहादुर देउवाको विरोध भैरहेको छ। खासगरी चितवको भरतपुर महानगरपालिकाको विषयलाई लिएर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहाल मेयरकी उम्मेद्धवार हुन् ।

दाहालको लागि भोट माँग्नको लागि दुवै पार्टीका अध्यक्ष तथा सभापति नै चुनावी सभामा सम्बोधन गर्न हिजोमात्रै चितवन पुगेका थिए । देउवाले प्रचण्डकै मञ्चबाट रेणु दाहाललाई भोट हाल्नको लागि काँग्रेसी कार्यकर्ताहरुलाई आग्रहमात्रै गरेनन्, बरु निर्देशन नै दिए ।

चितवनको भरतपुर महानगरपालिका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डको लागि विशेष महत्व बोकेको ठाउँ हो । आफ्नो चुनावी क्षेत्रलाई सुरक्षित गर्नको लागि पनि दाहालले छोरीलाई मेयरको उम्मेद्धवार बनाएका छन् । त्यसैले यो चुनावी प्रतिष्पर्धा दाहाल र सिँगो माओवादी पार्टीको लागि पनि प्रतिष्ठाको विषय बनेको छ ।

तर प्रधानमन्त्री दाहालले चितवनमा काँग्रेसँग तालमेल गर्दा पनि आफ्नी छोरीले चुनाव हारे चुनावलगत्तै काँग्रेसँगको गठबन्धन तोड्ने समेतको तयारी गरेका छन् । उनले यसबारेमा पार्टीका शीर्ष नेताहरुसँग समेत आन्तरिक छलफल गरिसकेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि यो बीचमा प्रचण्डसँग नयाँ गठबन्धन बनाएर अघि बढ्नेबारेमा पटक पटक छलफल नै गरेका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको सक्रियतामा माओवादी केन्द्र र एमालेवीच नयाँ गठबन्धन बनाएर जानेबारे दुई पार्टीका शीर्षस्थ् नेताहरु आन्तरिक छलफलमा धेरै पटक बसेका छन् ।

त्यसैले ओलीको यो दाउको सुईंको पाएपछि काँग्रेस सभापति देउवाले वर्तमान काँग्रेस र माओवादी केन्द्रको गठबन्धन बचाउनको लागि भरतपुर महानगरपालिकाको मेयरमा रेणुलाई जिताउनको लागि पार्टीका शीर्ष नेताहरुलाई बोलाएर नै निर्देशन दिएका छन् । स्रोतका अनुसार देउवाले आजमात्रैपनि यसबारेमा शीर्ष नेताहरुसँग आफ्नो निवासमा छलफल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्