Logo

स्थानीय तहको सङ्ख्या अध्ययन गर्न समिति



काठमाडौँ, २९ वैशाख । सरकारले स्थानीय तहको सङ्ख्या थप गर्ने सम्बन्धमा अध्ययन गर्न आज उपप्रधानमन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा समिति गठन गरेको छ ।

आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री गच्छदारको संयोजकत्वमा गठन गरेको समितिमा रक्षामन्त्री बालकृष्ण खाँड र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायक सदस्य हुनुहुन्छ ।

समितिलाई स्थानीय तहको सङ्ख्या थप सम्बन्धमा अध्ययन गरी पाँच दिनभित्र सुझावसहित प्रतिवेदन प्रस्तुत गर्न भनिएको विज्ञान तथा प्रविधिमन्त्री प्रेमबहादुर सिंहले राससलाई जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्