Logo

४० नेपाली चीनमा थुनिए : ‘भोट हाल्न नपाउने चिन्ता’



काठमाडौं ३० बैशाख । सामान लिन चीनको केरुङ गएका नेपालीहरु बोर्डर सिलले अलपत्र परेका छन् । स्थानीय निर्वाचनका लागि बुधबारदेखि स्थानीय प्रशासनले बोर्डर सिल गर्न लगाएपछि उनीहरु उतै रोकिएका हुन् ।

चुनावका लागि प्रशासनले चिनियाँ पदाधिकारीलाई बोर्डर सिल गर्न लगाएको हो । यो खबर आजको कान्तिपुरमा छ । केरुङ गएका चालक, सहचालक, स्थानीयवासी र व्यापारी गरी ४० जना चिनको भूभागमा थुनिएको कालिका गाउँपालिकाका स्थानीय व्यापारी मुकुन्द पौडेलले फोनमा जानकारी दिए ।

उनले भने, ‘चुनाव आइसक्यो भोट हाल्न पाइने भएन ।’



प्रतिक्रिया दिनुहोस्