Logo

आइतबार बिहान ७ बजेको प्रतिक्षा



काठमाडौं ३० बैशाख । स्थानिय तहको चुनावको मतदानको तयारी पुरा भएको छ । मतदाता, उम्मेदवार सबै आइतबारको प्रतिक्षामा छन् । प्रदेश नम्बर ३ , ४ र ६ मा हुने निर्वाचनको आवश्यक तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगको तर्फबाट सबै किसिमको तयारी पुरा भएकाले आईतबार बिहान ७ बजे देखि मतदान स्थलमा पुगेर ढुक्कका साथ मतदान गर्न आम नागरिकलाई आयोगले आग्रह गरेको छ । १ करोड ४० लाख भन्दा बढी मतदाता चुनावमा सहभागि हुँदैछन् । भोलि(आइतबार) हुने पहिलो चरणको स्थानीय तह चुनाव लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा निर्वचित हुने तीन वटा प्रदेशका १३ हजार ५ सय ५६ पदका लागि आवश्यक सबै तयारी पूरा भएको आयोगले जनाएको हो ।

यस पटक चार महानगर, एक उपमहानगर, ९२ नगरपालिका र १८६ गाउँपालिकामा नेतृत्व चुनिने छ । यसैगरी २ हजार ५९८ वडामा पनि निर्वा्चित प्रतिनिधि चुनिने छन् । १३ हजार ५५६ जना जनप्रतिनिधि चुन्न पहिलो चरणमा तीन वटा प्रदेशका ४९ लाख ५६ हजार ९२५ मतदाताले मताधिकार प्रयोग गर्दैछन् । यसका लागि ६ हजार ६४२ मतदान केन्द्र तोकिएको छ । ३२९ जना भने निर्विरोध चुनिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्