मेरो ठाँउबाट कसैले लखेटेर लखेटिने त्यती कमजोर हैसियत मेरो छैन : मन्त्री थापा (हेर्नुहोस भिडियो)


काठमाडौं, ३० बैशाख । स्वास्थ्यमन्त्री गगन थापाले कपनमा आफन्त र एक कार्यकर्ताको घरमा जाँदा नेकपा एमालेका स्थानीय नेता कार्यकर्ताले नाराबाजीसहित आफ्नो गाडीमा ढुङ्गा प्रहार गरेको बताएका छन् ।

आफूले निर्वाचन आचारसंहिता पालना गरेको बताउँदै मन्त्री थापाले उक्त स्थानमा एमाले कार्यकर्ताले नारा लगाएपछि अप्रिय घटना नहोस् भनेर कार्यकर्ताहरुलाई संयमित बन्न आग्रह गर्दै त्यस स्थानबाट बाहिरिएको प्रष्ट पारेका छन् ।

उनले आफू उक्त क्षेत्रबाट अत्याधिक बहुमतले बिजयी भएको र आफ्नो क्षेत्रबाट कसैले लखेटेर नलेखिने बताए । आफूले संयमता नपनाएको भए ठुलो दुर्घटना हुने मन्त्री थापाले संकेत गरेका छन् ।

https://www.youtube.com/watch?v=sMlir-NeTC8

मन्त्री थापाले अघि भनको छन्,‘कपनबाट लखेटर्यौं भन्ने कुरा आएको छ, म बिनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, यो मेरो निर्वाचन क्षेत्र हो, मैले नेपालभरिमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएको आफ्नो क्षेत्र हो, मैले सबैबाट स्नेह पाएको छु, मेरो ठाँउबाट कसैले लखेटेर लखेटिने त्यती कमजोर हैसियत मेरो छैन , मैले मेरा पार्टीका साथीहरुलाई संयमित राखेको हुँ, अप्रिय घटना घटोस भन्ने मेरो मनसुवा रहेको भए त्यहाँ थुप्रै साथीहरुले ऐया भन्न पनि नपाँउने अवस्था रहन्थ्यो ।

जुन कुरा म चाहन्नथे अहिले पनि चाहन्न ।’