Logo

निर्वाचनमा व्यापक जनसहभागिता छ : प्रमुख निर्वाचन आयूक्त डा.यादव



काठमाडौं, ३१ बैशाख । नेपाली रेडियो नेटर्वक मार्फत प्रसारण हुने कार्यक्रम नेपाली वहसमा प्रमुख निर्वाचन आयूक्त अयोधी प्रसाद यादवसँग ऋषि धमलाले लिएको अन्तवार्ता ।

नेपाली जनताला्रई आजको दिनमा तपाईको आग्रह के हो ?

कृपया सबैले मत हाल्नुस् । यो ठुलो अवसर हो । आफ्नो सरकार निमार्ण गर्दा खेरी आफुलाई राम्रो लागेको व्यक्ति छान्ने अवसर यहि हो । सबैलाई निर्वाचनमा भाग लिनको लागि आग्रह गर्दछु ।

मतदाताले भयरहित तरिकाले मतदान गर्ने वातावरण बनेको छ त आजको दिनमा ?

सरकारले यसको सुरक्षा जिम्मेवारी लिएको छ । हिजो अस्तिका घटनाहरूलाई आजको दिनमा दोहोरीने सम्भावना कम छ । त्यसैले निर्धक्क तरिकाले मतदान गर्न पाउछन् ।

दलहरूको सहभागिताको बारेमा तपाईको धारणा ?

सबैदलहरू सहभागि छन् । उत्साहजनक तरिकाले निर्वाचनमा भाग लिएका छन् । केही लोकतन्त्र र निर्वाचनलाई असफल पार्ने खेलमा लागेका साना शक्ति बाहेक सबै सहभागि नै छन् । आचसंहिता पालना गरेका छन् । समाचार राम्रै छन् । यो निर्वाचनले निश्पिक्षता दिने छ ।

उसो भए आज कतै पनि धादलि हुँदैन ?

हुनु हुदैन । आजको समयमा पनि यस्तो सोच्नु गलत हो । कुनै किसिमका वाधा अबरोध आउनु हुँदैन। आजको निर्वाचन निश्पक्ष, भयरहित हुन्छ ।
मतदाताले परिचय नपाएको खण्डमा नागरिकताले मिल्छ ?

मतादाता सुचिमा नामावलि हुनै पर्छ । यो पहिलो सर्त हो । यो भएन भने ेी वैकल्पीक व्यबस्था गरेका छौँ। नागरिकता, पासपार्ट, परिचय पत्र । फोटो सहितको आधारले पनि पाईन्छ ।

परिचय पत्र सबैले पाएका छैनन् नि ?

मतदाता नामावलिमा नाम भएको खण्डमा परिचय खुल्ने प्रमाणपत्र बोकेर जादा हुन्छ ।

राजनीतिक दलले आचासंहिता कार्यन्वयन गरेका छन नि ?

गरेका छन् । गर्नुपर्छ । बाहिय परिवेक्षक आएका छैनन् । किन भने यो जनताको सरकार हो । राष्ट्रिय परिवेक्षक छन् । जो हाम्रै जनशक्ति र जनताका सेवक हुन् ।

कति प्रतिशत मत खस्ला ?

सन्तोस जनक मत खस्छ ।



प्रतिक्रिया दिनुहोस्