Logo

दक्षिण कोरियाका पूर्व प्रम लि चीनका लागि विशेष दूत



सोल, १ जेठ । दक्षिण कोरियाले चीनका लागि आफ्नो देशको विशेष दूतमा दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री लि हाइ चानलाई नियुक्त गर्ने भएको समाचार छ ।

दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपति मून जाए इनले आफ्नो विशेष दूतका रुपमा चीनमा पूर्व प्रधानमन्त्री लि हाइ चानलाई सो पदमा नियुक्त गर्न लाग्नुभएको हो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार योन योङ चानले सोमबार राजधानी सोलमा अयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

उहाँले भन्नुभयो, दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री चानलाई वर्तमान राष्ट्रपति इनले चीनका लागि आफ्नो विशेष दूतका रुपमा पठाउन थाल्नुभएको छ ।
यसअघि पनि सन् २००३ मा उहाँलाई चीनको विशेष दूतका रुपमा नै पठाइएको थियो । सन् २००३ मा दक्षिण कोरियाली राष्ट्रपति रो मु हायुनको समयमा उहाँलाई त्यहाँ सोही पदमा पठाइएको थियो ।

पूर्व राष्ट्रपति हायुनको समयमा वर्तमान राष्ट्रपति मूनले उहाँको सहयोगीका रुपमा काम गर्नुभएको थियो ।

पत्रकार सम्मेलनमा प्रेस सल्लाहकार योनले भन्नुभयो, लिले वर्तमान राष्ट्रपति मूनको इच्छा र रफ्तार मुताविक काम गर्ने भएकोले उहाँलाई सो पदमा पठाउन लागिएको हो ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले सोमबार प्रकाशन गरेको प्रेस विज्ञप्तिका अनुसार उहाँले वर्तमान राष्ट्रपतिको कूटनीतिक विचार र विदेश नीतिलाई राम्रोसँग बुझ्न सक्ने भएकोले यो निर्णय गरिएको हो ।

लिको चिनियाँ विषयमा बढी दखल छ । उहाँले अरुले भन्दा राम्रोगरी चिनियाँ अधिकारीहरुसँग मिलेर काम गर्न सक्नुहुन्छ, उक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।
यतिखेर उत्तर कोरियाले धेरै पटकसम्म नै आणविक परीक्षण गरिरहेको छ । यस्तो अवस्थामा दक्षिण कोरियाली यी विशेष दूतले चीनसँग पनि व्यापक मात्रामा कुराकानी गर्नुहुने बताइएको छ ।

जसका कारण उत्तर र दक्षिणका बारेमा पछिल्लो समयमा आएका विरोधहरुको पनि निकास निस्किनसक्ने अनुमान गरिएको पनि बताइएको छ । रासस/ सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्