Logo

अहिलेसम्म एमाले अगाडी, महानगरको परिणाम रोचक बन्दै



काठमाडौं २ जेठ । आइतबार मतदान भएका तीनवटा प्रदेशका २ सय ८३ मतदान केन्द्र मध्ये २ सय ६० भन्दा बढी ठाउामा मतगणना भइरहेको छ । कृेही ठाउँको मतपरिणाम आइसकेको छ ।

स्थानीय तहको पछिल्लो मत परिणाममा एमाले सबैभन्दा बढी ६ स्थानीय तहमा विजयी भएको छ। मतगणना भइरहेका मध्ये एमालेले सबैभन्दा बढी ३३ स्थानमा अग्रता लिइरहेको छ। १९ नगरपालिका र १४ गाउँपालिका गरी एमालेले उक्त संख्यामा अग्रता लिइरहेको हो।

नेपाली काँग्रेस सोमबार साँझसम्म ४ वटा स्थानीय तहमा विजयी हाँसिल गरेको छ भने २५ स्थानमा अग्रता लिइरहेको छ। ८ नगरपालिका र १७ गाउँपालिकामा काँग्रेसले अग्रता लिएको हो।

अग्रतामा काँग्रेसभन्दा माओवादी अगाडि छ। ५ ठाउँमा विजयी भएको छ । मतगणना भइरहेकामध्ये ३१ स्थानमा माओवादी अगाडि देखिएको छ। माओवादीले १० नगरपालिका र २१ गाउँपालिकामा अग्रता लिइरहेको हो।

एमाले विजय

डोल्पाको से फोक्सुण्डो गाउँपालिका – टाँसी तुञ्दुप गुरुङ (निर्विरोध)
डोल्पाको काइके गाउँपालिका – अंगद राना
मनाङको चामे गाउँपालिका – लोकेन्द्र घले
मनाङको नेस्याङ गाउँपालिका – कान्छा घले
मुस्ताङको घरपजोङ गाउँपालिका – असबहादुर थापा
स्याङ्जाको फेदीखोला गाउँपालिका – घनश्याम सुवेदी
काँग्रेस

मनाङको नारफु गाउँपालिका – मिङमानर छिरिङ लामा

मुस्ताङको लोमान्थाङ गाउँपालिका – सुवर्णकुमार विष्ट
बाग्लुङको तमानखोला गाउँपालिका –
जोकलाल बुढा मनाङको नोसाङ गाउँपालिका – चन्द्रबहादुर घले

माओवादी केन्द्र

जुम्लाको गोठिचौर गाउँपालिका – हरिबहादुर भण्डारी
डोल्पाको जगदुल्ला गाउँपालिका – नरसिंह रोकाया
हुम्लाको ताजाकोट गाउँपालिका – बागदल मल्ल
डोल्पाको मुड्केचुला गाउँपालिका – दत्तबहादुर शाही
कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका – डम्बर शाही

स्वतन्त्र विजय
लोफ्ताङ चेम्डोल विष्ट



प्रतिक्रिया दिनुहोस्