Logo

उपेन्द्र यादवले दोस्रो चरणको निर्वाचनमा भाग लिन्न भन्नु पाखण्डपन हो : झा



काठमाडौ., २ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता अनिल झाले मोर्चाले उठाएका माँगहरु पूरा भए दोस्रो चरणको निर्वाचनमा आफूहरु सहभागी हुने बताए । यद्धपी उनले यसको लागि सरकारले चार वटा माँगहरु पूरा गर्नुपर्ने बताए ।

उनका अनुसार संविधान संशोधन प्रस्ताव पारित हुनुपर्ने, बन्दी रिहाई, मुद्दा फिर्ता गर्नुपर्ने र स्थानीय तहको संख्या वृद्धि गर्नुपर्ने रहेका छन्।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘हामी दोस्रो चरणको निर्वाचनमा भाग लिन आँतुर छौं, तर माँगहरु सम्बोधन हुनुपर्छ।’

दोस्रो चरणको निर्वाचन अघि नै संविधान संशोधन पारित नभए निर्वाचन नजाने भनेर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भन्नुभएको छ नि भनेर पत्रकारले सोधेको एक प्रश्नमा झाले भने,‘पहिलो चरणको निर्वाचनमा भाग लिने अनि दोस्रो चरणमा यो नभए जान्न भन्नु कत्तिको सुहाउँछ र ?’ उनले उपेन्द्र यादवले संशोधन प्रस्ताव पारित नभए दोस्रो चरणको निर्वाचनमा भाग लिन्न भन्नु पाखण्डपन भएको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्