Logo

चार महानगरमा कसको मत कति ?



काठमाडौं ३ जेठ । स्थानीय तह निर्वाचनको पहिलो चरणअन्तर्गत बिहान सम्मको परिणामले एमाले, काँग्रेसबीच रोमाञ्चक प्रतिस्पर्धाको स्थिति देखिएको छ । माओवादी केन्द्र तेस्रो स्थानमा देखिएको छ। मुख्य चारवटा महानगरपालिकामा पनि प्रतिस्पर्धा कडा देखिएको छ । काठमाडौं महानगरपालिकामा एमालेका विद्या सुन्दर शाक्यले अग्रता लिइरहनु भएको छ । बिहान साढे ८ बजेसम्म शाक्यले १०८३ मत पाएका पाउनु भएको छ भने नेपाली काग्रेसका राजुराज जोशीले ७४० मत पाउनु भएको छ । काठमाण्डुमा विविकशील पार्टीकी रञ्जु दर्शनाले ५०१ म्त े साझा पार्टीका किशोर थापाले ३८५ मत पाउनु भएको छ । भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवालीले २२५७ मत ल्याउनु भएको छ । कांग्रेस माओवादीका साझा उम्मेदवार रेणु दाहालले १ हजा ५ सय ७७ मत पाउनु भएको छ । यस्तै पोखरामा पनि नेकपा एमालेका उम्मेद्वार मानबहादुर जिसीले ५२३० मत पाउनु भएको छ भने् कांग्रेस र माओवादी गठबन्धनका रामजी कुँवर ३६४२ सहित दोस्रो स्थानमा रहनु भएको छ । यस्तै ललितपुरमा भने नेपाली कांग्रेसको अग्रता रहेको छ । कांग्रेसका चिरीबाबु महर्जनले ५३८२ मत ल्याउँदा एमालेका हरिकृष्ण ब्यन्जनकार ५३६३ मत ल्याएर पछ्याइरहनु भएको छ ।



प्रतिक्रिया दिनुहोस्