Logo

रामचन्द्र पौडेलका भाइ वडा अध्यक्षमा निर्वाचित



तनहुँ, ३ जेठ। नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलका भाइ वडा अध्यक्षमा निर्वाचित भएका छन। तनहुँको व्यास नगरपालिका वडा नं ८ मा रामचन्द्र पौडेलका सहोदर भाइ ओजराज पौडेल विजयी भएका हुन। यो वडामा पौडेल सहित कांग्रेस प्यानल नै विजयी भएको हो।

पौडेलले ६ सय ७६ मत ल्याएका छन भने उनका निकटतम प्रतीद्वन्द्वी नेकपा एमालेका लक्ष्मीप्रसाद पौडेलले २ सय ९० मत पाएका छन्। ओजराज २०५४ सालमा तत्कालीन रिस्ती गाविसको उपाध्यक्षमा निर्वाचित भएका थिए।



प्रतिक्रिया दिनुहोस्