Logo

टिका पुनले गाईन ‘आकाशैमा जून र तारा’



काठमाण्डौं, जेठ १– सञ्चारकर्मी एवं कलाकार धनराज वास्तविकको लय शब्दमा नयाँ लोक दोहोरी गीत ‘आकाशैमा जून र तारा’ बोलको गीतमा टिका पुन र भरत परियारले स्वर दिएका छन् ।

‘आकाशैमा जून र तारा’ बोलको गीतमा चर्चित गायिका टीका पुन र गायक भरत परियारको स्वर रहेको छ छ भने सार्थक डिजिटलले बजार व्यवस्थापन गरेको गीतलाई सुरेश शाहीले एरेञ्ज गरेका छन् ।

प्रेम प्रसंगलाई केन्द्रविन्दुमा राखेर तयार पारिएको गीतमा जून तारा रहेसम्म माया गरिरहने कुरा प्रतिविम्वित गर्न खोजिएको छ ।

टिका पुनका हजारौ गीतहरु बजारमा प्रिय छन भने धनराज वास्तविकका यसअघि सगरमाथाको देश, मायाको कारोबार, गौरी शंकरमा, विएड डिग्री पासमा, धर्तीमा हावा बहुन्जेल, सिन्धुली बजारमा, सुर्खेत रानीवास, सुर्खेत राम्रो बुलबुले तालले, सरर घुम्न जाउँ जुम्ला बजारमा लगायतका दर्जनौं गीतहरु दर्शक श्रोताहरुले रुचाएका गीत हुन् ।

 



प्रतिक्रिया दिनुहोस्