Logo

चौतारा,साँगाचोकगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी विजयी



चौतारा, ४ जेठ । सिन्धुपाल्चोकको चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका अमानसिंह तामाङ सात हजार ७२९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सोम सापकोटाले पाँच हजार ८०६ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन कार्यालयकाअनुसार उपप्रमुखमा माओवादीका जानुका पराजुलीले सात हजार ७२२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका सीता थापाले छ हजार २६८ मत प्राप्त गर्नुभएको छ ।

सो नगरपालिकामा वडा नं १, ३, ६, १०, १२ र १४को वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन भने वडा नं ४, ५, ७, ९, ११ र १३ मा माओवादीका उम्मेदवार विजयी भएका छन् ।

वडा नं २ मा राप्रपा र वडा नं ८ मा नेपाली काँग्रेसले जित हासिल गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्