Logo

शेर्पा अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त



काठमाडौं, ४ जेठ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले लक्की शेर्पालाई अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मूलखर्क (५, सङ्खुवासभा निवासी शेर्पालाई अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्