Logo

चलचित्र ‘डायरी’ देशभर प्रदर्शन



काठमाडौं, ५ जेठ । नेपाली चलचित्र ‘डायरी’ देशभर एकैसाथ प्रदर्शनमा आएको छ ।  कमलपोखरी स्थित कुमारी हलमा यस चलचित्रको मुख्य भूमिकामा रहेका कलाकारहरू दर्शकको बीचमा पुगेर चलचित्र ‘डायरी’ हेरेका थिए ।

पेशा व्यवसायको नाममा नारीको जवानी बेच्ने कार्यको निन्दाको रुपमा उठाईएको चलचित्र ‘डायरी’मा चर्चित नायिका रेखा थापा भिलेनको रुपमा देख्न पाईन्छ ।

समाजको सत्यतालाई मुल विषय बनाएर निमार्ण गरिएको उक्त चलचित्रले व्याप्त भष्ट्रचार, प्रेममा घात, प्रतिघात, पैसाको लागि मानिसले जे पनि गर्न पछि नपर्ने असामान्य विषयलाई दृष्यको माध्यायमबाट सचेतना प्रस्तुत गरिएको छ ।

जीवनको डायरीमा पूर्ण विराम लाग्नु जस्तो निक्कै दुखद प्रसंगलाई दृश्यमा सघन रुपमा समेटिएको छ । डायरीमा कैद भएका दैनिकीहरुलाई आधार मानि चलचित्रलाई रोचक बनाउने प्रयास गरेको पाईन्छ ।

नायिका थापालाई पूर्ण रुपमा खलपात्रको रुपमा देखाइएको छ । जुन दर्शकका लागि नयाँ स्वादको रुपमा हेरिएको छ। ‘नोभेम्बर रेन’की ‘डल्ली’ छुल्ठिम यसमा पनि चुलबुले यूवतीको रुपमा देखिएकी छिन् ।

चलचित्रमा दीनेश डीसी, विनोद पौडेल लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रमा छेतेन गुरुङको कथा, शिवराम श्रेष्ठको छायांकन, प्रविन श्रेष्ठको सम्पादन छ । यो चलचित्र चैत्रमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।

पोखराका रमणीय स्थानहरुमा खिचिएको भिडियोको कोरियोग्राफर शिशिर खाती हुन् । गीतमा स्वप्निल शर्माको शब्द तथा संगीत छ भने सुगम पोखरेल र रजिना रिमालको स्वर छ ।

छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण रहेको चलचित्रको आवरण फिल्म मार्फत् निर्माताको रुपमा फिल्ममा प्रवेश गरेका अनिल योन्जनले ‘डायरी’ निर्देशन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्