Logo

ललितपुर महानगरमा काँग्रेस, कामनपामा एमालेको अग्रता कायमै



काठमाडौँ, ५ जेठ । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसको अग्रता कायमै छ । प्रमुखमा काँग्रेसका चिरिबाबु महर्जनले १२ हजार ९२७ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा (एमाले)का हरिकृष्ण ब्यञ्जनकारले ११ हजार ५५८ मतसहित पछ्याइरहनुभएको छ ।

त्यस्तै काठमाडाँै महानगरपालिकामा आज साँझ १० बजेसम्मको मतगणनाअनुसार नेकपा (एमाले) को अग्रता कायमै छ ।

प्रमुखमा एमालेका विद्यासुन्दर शाक्य १२ हजार ६८३ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई नेपाली काँग्रेसका राजुराज जोशीले आठ हजार ७३१ मतले पछ्याइरहनुभएको छ ।

त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले पाँच हजार ६१ मत र साझा पार्टीका किशोर थापाले तीन हजार ९०८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले ११ हजार ५७७, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले छ हजार ७०३ मत प्राप्त गरेकोे मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । काठमाडाँै महानगरपालिकामा हालसम्म ३८ हजार १८५ मतगणना भएको छ ।

कानपा वडा २८ मा काँग्रेस विजयी

काठमाडौँ महानगरको वडा नम्बर २८ का वडा अध्यक्षमा भाइराम खड्की विजयी हुनुभएको छ । उहाँले एक हजार छ मत प्राप्त गर्नुभएको छ ।

खुला वडा सदस्यमा काँग्रेसकै गौतवराज बाहक र अर्का खुला सदस्यमा एमालेका देवेन्द्र खड्की विजयी हुनुभएको छ । महिला सदस्यमा काँग्रेसकी सुनिता तन्डुकार, दलित महिलामा ललिता कार्की थली विजयी हुनुभएको छ । यस वडामा दुई हजार ९७६ मत खसेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्