Logo

विष्णु माझिको ‘बालापनको याद’ बजारमा ‘भिडियो सहित’



काठमाडौं, ६ जेठ । नेपाली गीत संगीतको विकासका निम्ति यस क्षेत्रमा अनवरत रुपमा लागिपरेको सार्थक डिजिटलले ‘बालपनको याद’ बोलको नयाँ लोकभाका बजारमा ल्याएको छ ।

चर्चित गायिका विष्णु माझी र आशिष बि.सीको सुमधुर स्वर रहेको उक्त गीतको शब्द रचना सोनु बि.सीेले गरेकी हुन ।  सुनिल गोतामेको संगीतले सुमधुर बनेको यस गीतमा चर्चित मोडल आशा खड्का र रामचन्द्र बोहराको अभियन रहेको छ ।

खमेश श्रेष्ठको निर्देशनमा तयार भएको गीत उत्कृष्ट सम्पादक शक्ति प्रज्वल घिमिरेले छायाङ्कन तथा सम्पादन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot