Logo

गायक हेमन्त शर्माले मुख खोले,“ऋषि धमला भन्दा मलाई युवतीहरुले कम मन पराउनुहुन्न्”



गायक हेमन्त शर्मा अहिलेका सर्वाधिक व्यस्त गायक हुन् । देशका विभिभन्न सांस्कृतिक कार्यक्रमदेखि विदेशका कन्सर्टसम्ममा उनको सक्रिय सहभागिता रहेको छ । सुगम संगीतमा आधारित थुप्रै कर्णप्रिय गीत आम दर्शकसामू पस्किन सफल यी गायक पछिल्लो समय स्टेज प्रागोमका बादशाह  बनेका छन् । हुन त गायक शर्माले‘माया साह्रै महँगो…’ लोकप्रिय भएपछि पछाडि फर्केर हेर्नुपरेको छैन । ‘फूल हौ भने बसाइदेऊ’, ‘जाला उडेर मेरो जाले रुमाल’, ‘माया त यस्तो होस’, आदि गायक शर्माका सदावहार गीत हुन् । उनले गाएका प्रायः सबैजसो गीतहरु ऋाम नेपालीहरुको जिब्रोमा झुण्डिएको छ । आधा दर्जनभन्दा बढि एकल गीति एल्बम बजारमा ल्याईसकेका गायक शर्मा स्टेज कार्यक्रममा गीत गाउँदै दर्शक नचाउन पनि माँहिर मानिन्छन् । सामाजिक कार्यमा समेत रुचि राख्ने गायक शर्मा गायकहरूकै छाता संगठन प्रस्तोता समाजका अध्यक्षसमेत भैसकेका छन् । उनै चर्चित गायक शर्मासँग पत्रकार ऋषि धमलाले शनिबार विशेषमा नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रममा  रमाईलो कुराकानी गरेका छन् । हेर्नुहोस् कुराकानीको सम्पादित अंश :

स्टेज प्रोगाममा खुब व्यस्त हुनुहन्छ होईन?

हजुर यस्तै भन्नुपर्यो ।

आजभोलि गायक/गायीकाहरूलाई मालामाल नै छ ?

सबैलाई छैन् । समय मिलाएर हिँड्नेलाई राम्रै छ ।

आजसम्म धेरै गीत गाउनुभयो, लेख्नुभयो तर तपाईले गाएको र लेखेकोमध्ये सबैभन्दा चर्चित गीत कुन हो ? गाएर सुनाईदिनुस् त ।

लौ सुन्नुहोस…..

न तेजावी सुन हो माया न छापावाल ।
एकै चौला पाउन पनि कस्तो महाजाल ।
माया साह«ै महंगो, माया साह«ै महंगो

गीत र संगीतमा के छ अन्तर ?

अन्तर त छैन्। गीतसंगीत जीन्दगी हो । कुनै बेला गीत केवल जीन्दगी थियो । आजभोलिका गीतहरू पेशागत भएका छन्। पहिले चौतारी होस् या मेला पात गर्दा, माया पिरतिका गीत गाईन्थ्यो भने अचेल त्यस्तो चलन भन्दा माथि उठेर गीत लेख्ने र गाउँने काम भैरहेको छ । यो सबै भन्दा राम्रो कुरा हो ।

तपाई प्रस्तोता समाजको अध्यक्ष हुँदा के/के काम गर्नु भयो नि ?

हामीले केही काम गरेका छौँ। जस्तो एनसेलसँग रोयल्टीको सम्झौता, चार महिनामा ७ लाख रुपैयाँ अन्जु पन्तलाई, १ लाख प्रमोद खरेल, करिब एक लाख रुपैयाँ विष्णु माझिलाई प्रदान गर्यौँ । अर्को कुरा संविधानको धारा २५ मा भनिए बमोजिम जसरी भौतिक सम्पतिको हक लाग्छ त्यसरी नै बौद्धिक सम्पतिको हक लाग्ने व्यबस्था गर्यौँ । त्यसपछि सबै कलाकारलाई रोयल्टी पाउँने व्यवस्था गर्ने काम गरेका छौँ ।

गीत गाएर नै  धन सम्पति जोड्नुभयो नि ?
हा…हा….हा । श्रोताले जे खोज्छन् त्यो पस्कन जरुरी छ। जसरी अहिलेको अवस्थामा ऋषि धमालाले रेडियो र टेलिभिजनमार्फत सबैको मन जित्नु भएको छ, जसरी तपाई जहाँपनि फिट हुनु भएको छ। त्यसैगरि कलाकारले पनि श्रोताको मन जित्नको लागि युट्युब च्यानलदेखि हरेक रुपमा उस्तै प्रकारका गीतहरू उत्पादन गर्न जरुरी छ ।

अर्को एउटा गीत गाउँनु पर्यो शर्मा जी…

मुल हौ भने रसाईदेउ ।
फूल हौ भने बसाई देउ
रुवाए नि रुवाई देउ, रुवाए नि रुवाई देउ
माया गर्छु भन्नेले माया देखाईदेउ ।

माया पीरतिका गीतमा जमेको गायक है तपाई ?

भन्नुपर्छ । हो, मेरो अब अर्को नयाँ गीत पनि आउँदैछ ।

तपाईको नयाँ गीत सुन्न आँतुर स्रोतालाई गाएर सुनाईदिनुस त?

मणिराज बस्नेतको शब्द तथा वि.वि. अनुरागीको संगीत रहेको “हारें आज” बोलको गीत आएको छ ।
हारें आज म तिम्रो सामुमा हारें ।
नचाहेरै तिम्रो मायामा मारे मारे ।

हेमन्त शर्मालाई मन पराउने यूवतिहरू कति छन् ?

जिस्काएको नसोच्नु होला । ऋषि धमलालाई जति यूवतिले मन पराउनुहुन्छ त्यति नै यूवतिले मलाईपनि मन पराउनु हुन्छ ।

तपाईलाई अझै धेरैले मन पराउँछन होला ?
होईन । तपाई र मलाई मन पराउनेहरु बराबर छन् ।

अब अलिकति प्रसँग बदलौं, तपाईहरुले नेपाली गीत संगीतको संस्थागत विकास गर्न सक्नु भएन नि है ?

आँखा खराब, मुटु खराव अरु केही चिज खराव तर किड्नी मात्र सफा भएर जीवन जिउन गाह«ो हुन्छ। सबैको भलाईको लागि राज्यले ध्यान दिनुपर्छ । मुल नीति राम्रो हुनुपर्छ ।

अन्त्यमा एउटा गीत गाएर सुनाई दिनुहोस् ।

गुडेको रेल पनि रोक्दिन्थें मैले त ।
उर्लेको भेल पनि छेक्दिन्थें मैले त ।।
मायाले दिल ज्यानै दिन्छु नि भने त ।
आगोलाई पानीमा बाल्दिन्थें मैले त ।
दश रेक्टर भुईचालो थाम्दिन्थें मैले त ।
राजनीति राजनीति, यो देशमा छिटै नै सुर्धे त

यसपटकको स्थानीय तहको निर्वाचनमा धेरै कलाकाले गीत गाए, अनि तपाईले चाँही गाउनुभएन ?

मैले गाँईन । केही समयका लागि मात्रै चल्ने भएकाले सिक्ने क्रमका भाईहरूलाई गाउन लगाएँ ।

बद्री पंगेनीले त गाउनुभयो नि ?

उहाँले गाउन पाउनुहुन्छ। सबैको अधिकार छ । कलाकारले गीत नगाउने हो भने राजनीतिक आन्दोलन कसरी सफल हुन्छ । तर म गाउदिन भनेको मात्र हो । गाउन मिल्छ ।



प्रतिक्रिया दिनुहोस्