Logo

मतगणनालाई सरकार परिवर्तनसँग नजोड्न आग्रह



काठमाडौँ, ६ जेठ । अखिल नेपाल किसान महासङ्घले स्थानीय निर्वाचनको पहिलो चरणअन्तर्गत हाल चितवनको भरतपुर महानगरपालिकाको मतगणनाको विषयलाई लिएर सरकार परिवर्तनको विषयसँग नजोड्न आग्रह गरेको छ ।

महासङ्घ प्रचार विभागका तर्फबाट शुक्रबार विश्वमणि सुवेदीले विज्ञप्ति निकाल्दै उम्मेदवारको मतान्तर तलमाथि भइरहेको विषयलाई लिएर महासङ्घका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमको विरुद्धमा अफवाह फैलाई सुनियोजित र षड्यन्त्रपूर्ण ढङ्गले बजार हल्ला मच्चाइएको विषयको खण्डन गरिएको छ ।

विज्ञप्तिमा महासङ्घका अध्यक्षले निर्वाचनबाहेकका कसैसँग कुनै पनि वार्ता, छलफल वा संवाद कोहीसँग पनि नगरेको उल्लेख गर्दै सरकार हेरफेरसँग सम्बन्धित कुनै पनि विषयमा उहाँको चासो नरहेको र तत्काल पार्टीको नीति पनि सरकार परिवर्तन नभएको स्पष्ट पारिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्