Logo

काठमाडौं महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै



cpn-uml-1

काठमाडौं, ६जेठ । काठमाडौं महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

नेकपा एमालेका मेयरका उमेदवार विद्यासुन्दर शाक्यले १७ हजार ८७९ मत प्राप्त गरेका छन् । कांग्रेसका राजुराज जोशीले ११ हजार ९९५ मत पाएका छन् ।

विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले ६ हजार ९४९ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले ५ हजार १८१ मत पाएका छन् ।

माओवादी केन्द्रका सर्वोत्तम डंगोलले भने २ हजार १७ मत पाएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका तर्फबाट उपमेयरकी उमेदवार हरीप्रभा खड्गीले १५ हजार ६३२ मत पाएकी छन् ।
कांग्रेसलाई राप्रपाले पछ्याइरहेको छ ।

राप्रपाका राजाराम श्रेष्ठले ९ हजार ९६७ मत प्राप्त गरेका छन् । साझा पार्टीकी उमेदवार निरुपमा उमेदवार निरुपमा यादवले ३ हजार ३०७ मत पाएकी छन् । अहिलेसम्म ५३ हजार १६ मत गणना गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्