Logo

स्थानीय तहको संख्या वृद्धि भएमात्रैपनि हामी चुनावमा जान्छौं : यादव



काठमाडौं, ६ जेठ । राष्ट्रिय जनता पार्टीका शीर्ष नेता महेन्द्र राय यादवले संविधान संशोधन प्रस्ताव पारित नभएपनि आफूहरु चुनावमा भाग लिने स्पष्ट पारे । यद्धपी उनले चुनावमा जानुभन्दा पहिले सरकारले स्थानीय तहको संख्या भने वृद्धि गर्नुपर्ने बताए ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले मोचाले चुनाव विथोल्न खोजेर आरोप लगाईएको भन्दै आफूहरुले अघि सारेका माँग पूरा भए निर्वाचनमा सहभागी हुने स्पष्ट पारे । उनले मोर्चालाई अहिले घेराबन्दीमा पारिएको समेत गुनासो पोखे । उनले सरकारले आफ्नो तर्फबाट हुने कामहरु चाँडै गर्नुपर्ने समेत बताए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता यादवले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जुँगाको लडाई गरिरहेको र मुलुकलाई बन्धक बनाएको समेत आरोप लगाए । उनले भने,‘एमालेले जिम्मेवार बहन गरेको छैन, अहिले स्थानीय तहको संख्या बढाउन नदिनेरित एमालेले लागिरहेको छ, यो उसको निषेधको राजनीति हो, तर एमालेलाई समयले जवाफ दिन्छ, दिन्छ, दिन्छ।’ उनले एमालेले स्थानीय तहको संख्या बढाए निर्वाचन हुन नदिने भनेर धम्की दिईरहेको समेत आरोप लगाए ।

यादवले प्रश्न गरे,‘एमालेले के चाहेको हो रु संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत हुन नदिन खोजेको हो रु यही हो एमालेको स्वाभिमान रु’
उनले स्थानीय तहको संख्या जनसंख्याको आधारमा बढाउने भनेर एमालेलेपनि सहमति जनाईसकेकोले कार्यदल बनेर काम गरिरहेको अवस्थामा अहिले आएर मान्दिन भन्नु गलत भएको आरोप लगाए ।

यादवले तीन ठूला दल काँग्रेस, एमाले र माओवादी केन्द्र आफनो पार्टीलाई निर्वाचनमा सहभागी नगराउन लागि परेको आरोप समेत लगाए । उनले आफनो पार्टीलाई बाहिरै राखेर दोस्रो चरणको निर्वाचन भए मुलुकमा अनिष्ट हुने र त्यसको जिम्मेवारी सरकार, सत्तापक्ष र प्रमुख प्रतिपक्ष एमालेले लिनुपर्ने चेतावनी पनि दिए ।

यादवले पहिलो चरणको निर्वाचनपछि संविधान संशोधन गर्ने, जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप गर्ने लगायतका ४ बुँदे सहमति कार्यान्वयन गर्न सरकारलाई दवाव दिए ।

उनले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र आफूहरु नेतृत्वको राजपावीच चुनावी तालमेल हुने र यसको लागि तयारी भैरहेको समेत जनाए । उनले भने,‘हामी मिलेर आन्दोलन गर्न सक्छौं भने तालमेल गरेर चुनाव किन लड्न सक्दैनौ रु सक्छौं नि, हामीवीच तालमेल भयो भने तराई मधेशमा कांगे्रस, एमाले र माओवादी भेट्दापनि भेटिँदैनन् ।’

त्यस्तै उनले आफूहरु निर्वाचनबाट नभाग्ने बताउँदै यो निर्वाचनलाई उपयोगिताको सिद्धान्त अनुसार नै उपयोग गर्ने जनाए । उनले भने,‘हामीलाई हल्का रुपमा नलिईओस्, हाम्रा माँगहरु पनि पूरा गर्नुपर्यो, हामी जहिलेपनि निर्वाचनको पक्षमा छौं, तर चुनाव चिन्ह दिनुपर्यो, दल दर्ता गर्न दिनुपर्यो नि।’



प्रतिक्रिया दिनुहोस्