Logo

नमोबुद्धको नगर प्रमुखमा एमाले विजयी



cpn-uml-1

काभ्रे, ६ जेठ । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा नेकपा ९एमाले० बाट टङ्कप्रसाद शर्माले पाँच हजार ३४३ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कुनसाङ लामाले चार हजार ९६१ मत ल्याउनुभयो ।

त्यस्तै उपप्रमुखमा पनि नेकपा ९एमाले० बाट रामदेवी तामाङले पाँच हजार १४७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कमला खनालले चार हजार ४११ मत ल्याउनुभयो ।

त्यसैगरी उक्त नगरपालिकाको वडा नं ११ मा नेकपा ९एमाले० पूरै समूह विजयी भएको छ । उक्त वडाको वडाध्यक्षमा नेकपा ९एमाले० बाट कृष्णबहादुर तामाङ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र० का सानुबाबु तामाङले ३८५ मत ल्याउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्