Logo

प्रधानमन्त्रीले सत्ता हस्तान्तरण गर्नुहुन्छ : नेता रायमाझी



काठमाडौँ, ६ जेठ । नेकपा (माओवादी केन्द्र)का संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले प्रधानमन्त्रीले उचित समयमा सत्ता हस्तान्तरण गर्नेमा कुनै आशङ्का नगर्न आग्रह गर्नुभएको छ ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा रायमाझीले वर्तमान सरकार निर्माणका क्रममा साझेदार दलसँग स्थानीय तहको चुनावपछि प्रधानमन्त्रीले राजीनामा दिने सहमति र समझदारी भएअनुसार कार्य हुने बताउँदै दोस्रो चरणको निर्वाचनलाई नकारात्मक प्रभाव पार्ने गरी राजीनामा दिन नहुने बताउनुभयो ।

पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकाले अब दोस्रो चरणको निर्वाचन जेठ ३१ गते नै गर्नुपर्नेमा जोड दिँदै पहिलो चरणको निर्वाचनमा जनताले आफ्नो पार्टीलाई दिएको मत आशा गरेजस्तो नभएको स्पष्ट पार्नुभयो ।



प्रतिक्रिया दिनुहोस्