Logo

भक्तपुर सुर्यविनायक नगरपालिकामा एमाले विजयी



cpn-uml-1

काठमाडौं ७ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुखमा एमालेका वासुदेव थापा र उपप्रमुखमा एमाले कै जुना बस्नेत विजयी हुनु भएको छ ।
आइतबार विहान ४ बजे निर्वाचन अधिकृत दुर्गादेवी गुरुङ्गले सार्वजनिक गरेको मतपरिणाम अनुसार मेयरमा एमालेका थापाले १२ हजार ८ हजार ८६ मत र उपप्रमुखमा बस्नेतले १२ हजार ८३२ मत ल्याएर विजयी हुनु भएको हो ।

नगरप्रमुखमा थापाको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विष्णुराज कार्कीले १० हजार १ सय ६५ मत र उपप्रमुखमा कांग्रेसकै कल्पना राजथलाले ८ हजार ९ सय २ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरि सुर्यविनायक नगरपालिका वडा नं. १० को वडा अध्यक्षमा एमालेका उम्मेदवार शिवराम राउत विजयी हुनुभएको छ । राउतले एक हजार २० मत प्राप्त गरी विजयी हुनु भएको हो भने उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाल मजदूर किसान पार्टीका पाण्डव सुवालले ३९९ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरि एमालेबाट उम्मेदवारी दिने महिला सदस्य गीता देउजा, दलित महिला सदस्य कमला सुनुवार, सदस्यहरुमा सुभद्रा खत्री र शिवहरी कार्की विजयी हुनु भएको छ ।
विजय भए पछि नगरप्रमुख थापाले सूर्यविनायक नगरपालिकालाई समृद्ध नगरपालिका बनाउन आफ्नो कार्यकाल खर्चिने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्