Logo

२६६ स्थानको मतपरिणाम सार्वजनिक, एमाले अघि कांग्रेस पछि-पछि



काठमाडौं ७ जेठ ।
पहिलो चरणको स्थानीय तह निर्वाचनको २६६ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । चार महानगर र एक नगरपालिकाबाहेक अधिकांस ठाउँमा मतगणना अन्तिम चरणमा पुगेको छ । मत परिणाममा नेकपा एमालेले अग्रता कायमै राखेको छ । अहिलेसम्म घोषित २ सय ६४ स्थानको मतपरिणाम अनुसार नेकपा एमालेले १ सय १३ स्थानमा जित हासिल गरेको दावी गरेको छ ।

एमाले सचिव योगेश भट्टराईले एमालेले ४२ नगरपालिकासहित १ सय १३ स्थानको प्रमुखपदमा जित हाीसल गरेको जानकारी दिनुभयो । नेपाली काँंग्रेसले १ सय स्थानमा जित हात पार्दा माओवादी केन्द्रले ४६ स्थानमा जित दर्ता गरेको छ । कांग्रेसका नेता आनन्द ढुङ्गाले एक सय ठाउँमा जितेको अझै केही ठाउँमा बढ्ने बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँ शक्तिले एक–एक स्थानमा जीत हात पारेका छन् । त्यसैगरी तीन वटा स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसले नगरपालिकाको प्रमुखमा २८ स्थान र गाउँपालिकाको ७२ स्थान जितेको छ । माओवादी केन्द्रले नगरपालिकाको प्रमुखमा ९ स्थान र गाउँपालिकाको ३७ स्थान जितेको छ ।



प्रतिक्रिया दिनुहोस्