Logo

महाअभियोग र संविधान संशोधन प्रस्ताव दुवै फिर्ता लिनुपर्छ : झलनाथ खनाल, बरिष्ठ नेता, नेकपा एमाले



प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव र महाअभियोग प्रस्ताव दुवै प्रस्ताव फिर्ता लिनुपर्ने माँग गरेका छन्। उनले संघीय संसदको निर्वाचन नभएसम्म अहिले संविधान संशोधन हुनै नसक्ने समेत जिकिर गरे ।

पहिलो चरणको निर्वाचनको मतपरिणामलाई यहाँहरुले कसरी लिनुभएको छ ? फाईदा भयो कि घाटा ?

संविधान कार्यान्वयन गर्नको लागि पहिलो चरणको निर्वाचन पहिलो खुडकिलो भएको छ । यसले लोकतन्त्रको आधार पनि तयार पारेको छ। यो निर्वाचनले सिंहदबारमा भएको अधिकारलाई आम जनतामा लाने कामको थालनी पनि गरेको छ। त्यतिमात्रै होईन, यसले नेपाली जनतालाई खुशी तुल्याएको छ। र, यो देशमा नेकपा एमाले नै देश र जनताको अधिकार स्थापित् गर्न सक्ने भिजन र नेतृत्वदायी क्षमता भएको पार्टी हो भनेर स्थापित् गरेको छ। एमालेले अघि सारेका एजेण्डाहरु नै आम नेपाली जनताका एजेण्डा हुन है भन्ने कुरापनि यो निर्वाचनले पुष्टि गरिदिएको छ। एमालेले अघि सारेका एजेण्डाहरुलाई बहिष्कार गरेर कोहीपनि अगाडि बढ्न सक्दैनन है भन्ने कुरा सुस्पष्ट पारिसकेको छ।

पहिलो चरणको निर्वाचनको परिणामबाट तपाई सन्तुष्ट हुनुहुन्छ ?

यो निर्वाचनको मतपरिणामलाई लिएर हाम्रो धेरै नेताहरु असन्तुष्ट हुनुहुन्छ भन्ने कुरा साँचो हो । यो झलनाथ खनालपनि असन्तुष्ट छ। हामीले गर्नुपर्ने र जित्नुपर्नेजति हामीले अझै जितेनौं । तर यसको बारेमा हामी गम्भिर समिक्षा गर्छौं । अब अहिले देखिएको ट्रेण्ड राष्ट्रव्यापी हुँदैछ। त्यसले अरु चार वटा प्रदेशहरुमापनि अहिलेको देखिएको लहर वा टे«ण्ड जे भनौं त्यो भन्दापनि उन्नत, शक्तिशाली, त्यो भन्दा सशक्त ढंगले अघि जान्छ। अब आउने निर्वाचनमा हामी ६० प्रतिशत जित्छौं ।

तर तपाईहरुलाई निकै गाह«ो छ अरे ? मधेशी जनताले तपाईहरुलाई भोट हाल्ने संभावना त देखिँदैन नि ?

तपाई हेर्दै जानुहोला मेचीदेखि महाकालीसम्म नेपाली जनता एमालेका पक्षमा छन् । तराईका जनतापनि एमालेकै पक्षमा छन् । अहिले संविधान संशोधन गर्ने बेला होईन । तर अहिलेको संसद भनेको व्यवस्थापिका संसद हो, संघीय संसद भएपछिमात्रै संशोधन गर्न मिल्छ। अहिले किन यसरी संशोधनको हल्ला चलाईरहेका छौं, मलाई आश्चर्य लागेको छ।

अनि पहिलो संशोधन त यही संसदले गरेको होईन र ?

विल्कुल सक्दैन् । त्यतिवेला हामीले जुन प्रकारका संशोधन गर्यौं त्यो सिँगो राष्ट्रलाई एकतावद्ध गराउन सकिन्छ भनेर हामीले हौवामा गरेका थियौं । हामी किन बाधक बन्नु त भनेर हामी चुप लागेर बसेका थियौं । तर त्यतिवेलापनि हामीले गलत गरेका थियौं । यो सर्वाधिक संसद होईन् । अरु कामकाजी गर्न सक्छ । सरकार बनाउने गिराउने गर्न सक्छ । संविधानले नै प्रष्ट रुपमा भनिसकेको छ, अब संशोधन संघीय संसदले मात्रै गर्न सक्छ ।

तर संविधान संशोधन नभएसम्म तराई मधेशमा निर्वाचन हुँदैन भनेर तराईका पार्टीहरुले भनिसकेका छन् नि ?

हामी पनि राष्ट्रिय जनता पार्टीसँग वार्ता गर्दैछौं । उपेन्द्रजीको संघीय समाजवादी फोरम नेपालसँगपनि वार्ता गर्दैछौं । हामी सबैसँग वार्ता गर्छौं । साझा दृष्टिकोण बनाएर जानुपर्छ । जसरी पहिलो चरणको निर्वाचन सम्पन्न भयो, अब त्यसैगरि दोस्रो चरणको निर्वाचन गर्ने, प्रदेशको निर्वाचन गर्ने र केन्द्रिय संसदको निर्वाचन गर्नुपर्छ । यो दिशामा सबैले गम्भिर भएर आफूलाई प्रस्तुत गर्नुपर्छ । अनि त्यसपछि सबै पार्टीहरु बसेर कहाँ कहाँ संशोधन गर्ने हो ? भनेर पलेटी कसेर बस्ने र निश्कर्षमा पुग्नुपर्छ ।

सिमांकनको विवाद हल गर्नको लागि संघीय आयोग बनाएर जानेबारेमा तपाईहरुवीच सहमति भएकै हो ?

त्यस्तो केही जटिलताहरु छैनन् । हामीले बनाएका ७ प्रदेशमा निर्वाचन गरिरहेका छौं । भोलि केही समस्या आए, त्यसमा बसेर छलफल गरेर नै संशोधनतिर जानुपर्छ । अहिले जाने होईन । मैले प्रष्ट रुपमा भनिसकें । सरकारले अहिले संसदमा दर्ता गराएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिनुपर्छ । त्यसैगरि अहिले संविधान संशोधन प्रस्ताव पनि अहिले कुबेलको सनाईजस्तै हो । यसलाई पनि फिर्ता लिनुपर्छ । सम्पूर्ण शक्तिलाई अहिले निर्वाचनमा केन्द्रित गरेर अघि बढाउनुपर्छ ।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त संविधान संशोधन प्रस्ताव जसरीपनि पारित गराउँछु भन्नुभएको छ ?

हुन त उहाँहरुले दुई वटै प्रस्ताव जसरी पनि पास गराउँछौं भनेर नै अघि सार्नुभएको हो । यो कुरा सबैलाई थाहा छ । जसरी पनि भन्ने कुरा कसरी भनेर देखियो नि । अब त एमाले प्रमुख प्रतिपक्षी मात्रै होईन। यो देशको पहिलो पार्टी हो । पहिलो पार्टीलाई बाहेक गरेर अनि अलग कारेर, अरु अरु शक्तिहरुलाई किनकान गरेर संविधान संशोधन गर्छु भन्नु गलत हो ।

अहिलेपनि कांग्रेसले त दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् नि ?

नेकपा एमालेलाई बढार्ने उद्देश्यले अहिले कांग्रेस र माओवादी केन्द्रवीच गठबन्धन भयो, तालमेल भयो नि, भएन र ? तालमेलको परिणाम के हुँदैछ ? मलाई बताईदिनुहोस् त ?

तपाईहरुले पनि तालमेल गर्नुभएकै हो नि ? तर तालमेल त सुखद् रहे नि ?

तालमेल त गर्न मिल्छ नि । तर एउटा पार्टीलाई उन्मुलन गर्ने उद्देश्यले तालमेल गर्नुभएन नि ? हामीले तालमेल गरेकै हो । तर संविधानप्रति कसको के नीति छ भनेर पनि हामीले तालमेल गरेको होईन, सैद्धान्तिक तालमेलपनि होईन । कहाँ कुन ढंगले तालमेल गर्दा जितिन्छ भनेर हामीले चुनावी तालमेल गरेका छौं ।



प्रतिक्रिया दिनुहोस्