Logo

कोमल वलीको खुलासा :‘विवाह गर्ने केटा तय भैसक्यो, अब विवाह हुन्छ’



काठमाडौं, ७ जेठ । चर्चित गायिका, सञ्चारकर्मी तथा महिला नेतृ कोमल वली यो वर्ष विवाह गर्ने शुरमा छिन् । गायिका वलीले आफूले विवाह गर्ने केटासमेत खोजिसकेको खुलासा गरेकी छिन ।

पत्रकार ऋषि धमलासँगको हिमालय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम धमलाको हमलामा कुरा गर्दै वलीले यस्तो खुलासा गरेकी हुन् । उनले भनिन्,‘मैले विवाह गर्ने केटा तय भैसक्यो, हो म त्यो केटासँगमात्रै विवाह गर्छु, ढुक्क हुनुहोस् म विवाह गर्छु ।’

गायिका वलीले आफू राजनीतिमा लागिसकेपछि पनि जनताहरुले उतिकै माया, ममता र स्नेह दिईरहेको दाबी गरिन् । उनले भनिन्,‘जनताको माया घटेको छैन, बरु झनै माया र सम्मान बढिरहेको छ।’ उनले आफू राप्रपामा आवद्ध भएसँगै आफ्नो चर्चा र व्यक्तित्व चुलिएको जिकिर गरिन् ।



प्रतिक्रिया दिनुहोस्