Logo

प्रचण्डले राजीनामाको भाका सार्दा देउवा सशंकित



काठमाडौं ८ जेठ । बैशाखको अन्तिममा भएको सत्तासिन र राजपाको सयुक्त बेठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए म २ गते राजीनामा दिने तयारीमा छु । अर्को बेठकमा भने चार गते । दलहरुकै छलफलका क्रममा उनले जेठ ६ गतेलाई राजीनामा तोकेका थिए । ‘प्रधानमन्त्रीले ८ गते राजीनामा दिने ’ सार्वजनिक रुपमा नै बाहिर आएको थियो । तर उनले पछिल्लो समय राजीनामाको भाग सार्दै आएका छन् । कांग्रेस र माओवादी केन्द्रबीचको भद्र सहमतिअनुसार प्रधानमन्त्रीको पदबाट राजीनामा गर्ने बताएका छन् तर राजीनामाको भाग भने सार्दै लगेका छन् ।

सोमबारदेखि सुरु हुने बजेट अधिवेशनमा सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमपछि प्रधानमन्त्री दाहालले राजीनामा गर्ने जानकारी स्रोतले दिएको छ । यसअघि उनले नीति तथा कार्यक्रम अघि नै राजीनामा गर्ने बताएा थिए । राजपाका संयोजक महत्व ठाकुरले प्रधानमन्त्रीले राजीनामा दिन्छु भनेर पटक पटक भाका सारेको र त्यसले आफुहरुलाई अच्ममा पारेको बताए ।

‘बैठकमा आफै राजीनामाको मिति तोक्नुहुन्छ आफै सार्दै हुनुहुन्छ किन हो थाहा पाउन सकिएको छैन ।’ उनले भने । स्रोतले भन्यो, ‘राष्ट्रपतिले आगामी ११ गते नीति तथा कार्यक्रम वाचन गरेपछि कुनै पनि समय प्रधानमन्त्री दाहालले राजीनामा दिनुहुनेछ ।’ मुलुकले जेठ अन्तिमसम्म नयाँ प्रधानमन्त्री पाउने दाबी एक मन्त्रीले गरे । ‘अब बजेटपछि राजीनामा दिन्छु भनेर अर्को भाका पनि आउन सक्छ, त्यस्तै हुँदा जेठ ३१मा चुनाव गरेपछि पो अर्को मिति पनि आउन सक्छ ’ स्रोतले भन्यो ‘प्रधानमन्त्रीको राजीनामाको भाका सार्नुले कांग्रेसका सभापति देउवा पनि शसंकित भएका छन् । ’



प्रतिक्रिया दिनुहोस्