Logo

वृद्ध दम्पतीको हत्या



धनगढी, ८ जेठ । धनगढी उप-महानगरपालिका–७ बुद्धचोकमा गएराति एक वृद्ध दम्पतीको हत्या भएको छ । बुद्धचोकमा रहेको आफ्नै पक्की घरको कोठामा ७२ वर्षीय बद्रीप्रसाद जोशी र ६५ वर्षीया कुन्ता जोशी मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताउनुभयो ।

गएराति नै हत्या भएको अनुमान गरिएको सो घटनाको आज बिहानमात्रै स्थानीयवासीले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।

मृतक दुवैको मुखमा घाउ रहेको बुढामगरले बताउनुभयो । दम्पतीको हत्या गरेर शव कोठामा राखी बाहिरबाट ताला लगाइएको थियो । घटनामा प्रहरीले एक पुरुष र छ महिलालाई पक्राउ गरी अनुसन्धान थालेको छ । आसङ्कीत अर्का एक व्यक्ति फरार छन् । मृतक दम्पतिका छोरा विदेशमा छन् ।

घरको कारोबारको विषयलाई लिएर उक्त घटना गराइएको हुन सक्ने आशङ्का गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्