Logo

स्थानीय तहको संख्या अब ७६७, यी हुन थपिएका २३ संख्याहरु



काठमाडौं, ८ जेठ । स्थानीय तहको संख्या थपघट गर्न गठन भएको कार्यदलले बीरगंज र बिराटनगरलाई महानगरपालिका बनाउनको लागि सिफारिश गरेको छ ।

सोमबार बसेको कार्यदलको बैठकले यस्तो सिफारिश गरेको हो । सरकारले स्थानीय विकास तथा संघीय मामिला मन्त्री विजय कुमार गच्छदार नेतृत्वको कार्यदल गठन गरी स्थानीय तहको संख्या थप्न एक कार्यदल गठन गरेको थियो ।

कार्यदलले तराईका १२ जिल्लामा संख्या थप गरेको हो । संख्या थपिएका जिल्लाहरुमा सुनसरीमा २, सप्तरीमा १, रौतहटमा २, पर्सा १, धनुषा १, सर्लाली ३, बारा १, नवलपरासी ३, रुपन्देही ३, कपिलवस्तु ३, कैलाली १ र बाँके १ थपिएका छन् ।

मधेसका जिल्लामा स्थानीय तह थप्नुपर्ने माग पुरा गरे दोस्रो चरणको निर्वाचनमा सहभागि हुने राष्ट्रिय जनता पार्टी नेपालले यसअघि जनाईसकेको छ । कार्यदलले बिरगंज र बिराटनगरलाई महानगरपालिका बनाउने निर्णयसँगै स्थानीय तहको संख्या थप्ने पनि निर्णय गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्