Logo

देउवाका विषयमा पौडेल समुहको निस्कर्ष यस्तो किन ?



काठमाडौं ९ जेठ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाको गलत कार्यशैली र व्यक्तिगत स्वार्थ कै कारण पार्टी दोस्रो स्थानमा पुगेको निष्कर्ष निकालेको छ ।

पौडेल समूहको सोमबार अनामनगरमा बसेको बैठकले सहरी क्षेत्रमा कांग्रेस पराजित हुनुमा पछिल्ला राजनीतिक घटनाक्रमलाई प्रमुख कारण मानिएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार राजदूत, महानिरीक्षक नियुक्ति र प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव दर्ता गर्ने लगायतका विवादास्पद निर्णयले पार्टी कमजोर भएको निष्कर्ष निकालिएको छ ।

बैठकमा पौडेलले परम्परावादी मतदाताकै कारण कांग्रेसले ग्रामीण इलाकामा चुनाव जिते पनि सचेत मतदाता रहेको सहरी इलाकामा पार्टी हार्नुका पछि नेतृत्वको गलत कार्यशैली नै मुख्य जिम्मेवार रहेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्