Logo

वडा नम्बर १९ मा नेपाली कांग्रेसको प्यानलनै विजयी, मेयरमा एमाले ९ हजार बढी मतले अघि



काठमाडौं ९ जेठ । काठमाडौं महानगरपालिका वडा नम्बर १९ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ । वडा अध्यक्षमा कांग्रेस शशिलाल श्रेष्ठले १ हजार ८ सय ९९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका आनन्दबहादुर शाहीले ८ सय २१ मत ल्याउनुभएको छ ।

मेयरमा भने नेकपा एमालेको अग्रता कायमै छ । १ लाख ९ हजार ८ सय ७४ मत गणना हुँदा एमालेका मेयर उम्मेदवार  विद्यासुन्दर शाक्य कांग्रेस उम्मेदवार राजुराज जोशीभन्दा ९ हजार ६ सय ६१ मतले अघि हुनुहुन्छ ।
मेयर
एमाले, विद्यासुन्दर शाक्य – ३६ हजार ३ सय ७०
कांग्रेस, राजुराज जोशी – २६ हजार ७ सय ९
विवेकशील नेपाली, रञ्जु न्यौपाने – १३ हजार ४ सय ९९
साझा पार्टी, किशोर थापा – १० हजार १ सय ७४
माओवादी केन्द्र, सर्वोत्तम डंगोल – ३ हजार ९ सय ७७
उपमेयर
कांगे्रस, हरिप्रभा खड्गी – ३४ हजार ३ सय ९
राप्रपा, राजाराम श्रेष्ठ – १९ हजार ३ सय
साझा पार्टी, निरुपमा यादव – ६ हजार ८ सय ८९
माओबादी केन्द्र, शुशिला पौडेल – ५ हजार २ सय ५५



प्रतिक्रिया दिनुहोस्