Logo

राजनीतिमा जोडिने चर्चासँगै रजनीकान्तको विरोध सुरु



ऐजेन्सी, ९ जेठ । दक्षिण भारतमा विशेष प्रतिष्ठा आर्जन गरेका नायक रजनीकान्तको घर अगाडि बिरोध प्रदर्शन सुरु भएको छ । रजनीकान्त राजनीतिमा आउन लागेको खबर फैलिएपछि तमिल मुन्नेत्र पदईको एक संगठनले उनको बिरोध सुरु गरेको हो । रजनीकान्तको घर अगाडि प्रदर्शन सुरु भएपछि प्रशासने सुरक्षा बढाएको छ ।

रजनीकान्तले तमिल समुदायका व्यक्तिले सामाजिक सञ्जालमा घृणा फैलाएकोमा चिन्ता व्यक्त गरेका थिए । उनले चिन्ता ब्यक्त गरेपछि नै रजनीकान्तको विरोध सुरु भएको हो ।

पछिल्लो केही महिनायता रजनीकान्त राजनीतिमा प्रवेश गर्न लागेको हल्ला व्यापक छ । उनले राजनीति गर्ने विषयले चर्चा पाएपछि केही व्यक्तिले रजनीकान्त तमिल नै हैनन् भनेर टिप्पणी गरेका छन् । ‘म कर्नाटकवाट एक मराठीको रुपमा यहाँ आएको थिएँ ।

अहिले तपाईहरुले मलाई तमिल बनाइदिनु भयो ।’ रजनीकान्तले भने(‘मैले सही समयमा राजनितीमा आउने निर्णय गरेको छु ।’



प्रतिक्रिया दिनुहोस्