Logo

प्रधानमन्त्री प्रचण्डले सिंहदरबारबाटै आजै राजिनामा दिने तयारी



prime ministar

काठमाडौं, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्री कार्यालयबाट राजिनामा दिने तयारी गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटक पटक संसद अवरुद्ध गरेपछि प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित् प्रधानमन्त्रीले राजिनामा दिने तयारी गरेका छन् । एक मन्त्रीका अनुसार प्रधानमन्त्री दाहालले आजै साँझ पत्रकार सम्मेलन गरेर राजिनामा दिन लागेका हुन् ।

प्रधानमन्त्री दाहालले हिजै राजिनामा दिने तयारी गरेका छन् । व्यवस्थापिका–संसदमा विशेष सम्बोधन गरेर राजिनामा दिने तयारी गरेका थिए । तर एमालेले संसद चल्न नदिने निर्णय गरेपछि प्रमुख तीन दलका शीर्ष नेताहरु बसेर सहमति जुटाउने प्रयास गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्