Logo

प्रचण्डले ४ बजे सिंहदरबारबाट राजिनामा दिने



काठमाडौं, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालयबाट राजिनामा दिने भएका छन् ।

प्रधानमन्त्री दाहालका प्रमुख स्वकिय सचिवसमेत रहेका पुत्र प्रकाश दाहालले दिएको जानकारी अनुसार प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित् प्रधानमन्त्री कार्यालयबाटै जनताको नाममा सम्बोधन गरेर राजिनामा दिनेछन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा प्रकाशले भने,‘प्रमुख प्रतिपक्षी दल एमालेले संसद बैठक चल्न नदिएपछि प्रधानमन्त्रीले आज सिंहदरबारबाटै राजिनामा दिने तयारी गर्नुभएको छ। ऋाजै राजिनामा आउँछ।’



प्रतिक्रिया दिनुहोस्