Logo

जनताको नाममा प्रधानमन्त्री प्रचण्डको सम्बोधन (भिडियोसहित)



काठमाडौं, १० जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले देशवासीलाई सम्बोधन गरिरहेका छन् ।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले मंगलबार नै संसदलाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका थिए । तर, स्थानीय तहको संख्या बृद्धिको विरोध गर्दै एमालेले संसद अवरुद्ध पार्ने चेतावनी दिएपछि बैठक नै बस्न सकेन ।

लगातार दुई दिन संसद बैठक सूचना टाँसेर स्थगित भएको छ । अब प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गर्ने स्रोतले बताएको छ ।

संसदलाई विशेष सम्बोधन गर्दै राजीनामा दिने प्रयास असफल भएपछि उनले देशवासीलाई सम्बोधन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्