Logo

प्रधानमन्त्री प्रचण्डद्धारा राजिनामा



काठमाडौं, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजिनामा दिएका छन् ।

बुधबार सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जनताको नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले पदबाट राजिनामा दिएको घोषणा गरेका हुन् ।

नेपाली कांग्रेससाग भएको समझदारी अनुसार नै सत्ता हस्तान्तरण गर्ने भन्दै उनले राजीनामाको घोषणा गरे । नैतिकताको खडेरी तोड्छु भन्दै उनले भने, ‘बचनको भसोरा नभएको नेतृत्वले राष्ट्रलाई नेतृत्व गर्न सक्दैन ।’

उनले भने,‘हाम्रो राजनीतिको सबैभन्दा ठूलो समस्या राजनीतिक नेतृत्वमा इमानको कमी र उपयोगको संस्कृति हो । इमानदार भएर भन्नुपर्दा हामी सबै कुनै न कुनै रुपमा त्यो संस्कृतिका शिकार छौं । दलहरु र नेताहरु बीचमा पटकपटक भएका लिखित र अलिखित सहमतिहरु रातारात च्यातिएका थुप्रै उदाहरण छन् । सत्ता साझेदारीका हकमा त अहिलेसम्म कहिल्यै कुनै सहमति राम्रोस“ग पालना भएको छैन ।’

उनले भने,‘कसैको कसैप्रति कुनै भरोसा नहुने र हरेकले हरेकलाई उपयोग मात्रै गर्ने आजसम्मको प्रवृत्तिले लोकतन्त्रलाई संस्थागत हुन दिने छैन । वचनको भरोसा नभएको नेतृत्वले लोकतन्त्र र राष्ट्रलाई नेतृत्व दिन सक्दैन । दोस्रो चरणको निर्वाचन पनि यही सरकारले गराओेस् भन्ने सिंगो देश र प्रतिपक्षीसमेतको सदिक्षाप्रति म आभारी छु । तर, मैले नेपाली राजनीतिमा लामो समयदेखिको नैतिकताको खडेरी तोड्ने दृढ संकल्प गरेको छु । अतः नेपाली कांग्रेसस“ग भएको समझदारी अनुसार नै अगाडि बढ्दैछु । सत्ता छाड्न पर्दा अहिलेसम्म देखिने गरेको पीडा, आक्रोश र छटपटीको परम्परा तोड्दै अबका दिनमा पनि एउटा राजनीतिज्ञका रुपमा, एउटा सांसदका रुपमा र एउटा नागरिकका रुपमा मुलूक र जनताको उत्थानमा निरन्तर क्रियाशील रहने प्रतिवद्धतासहित म आजै र अहिल्यै प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गर्दछु र म यहा“बाट सिधै सम्माननीय राष्ट्रपतिकहा“ गएर आफ्नो राजीनामा पेश गर्दैछु । राष्ट्रिय एकता र सहमतिका निमित्त मेरो प्रयास निरन्तर जारी रहने छ । सफल प्रधानमन्त्रीका रुपमा दिदीबहिनी तथा दाजुभाइस“ग बिदा लिन पाउ“दा खुसीको अनुभूति गरेको छ, धन्यवाद ।’



प्रतिक्रिया दिनुहोस्