Logo

हँसिलो मुहारमा हात हल्लाउँदै सिंहदरबारबाट यसरी विदा भए प्रचण्ड (फोटोफिचर)



काठमाडौं, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजबाट पदबाट राजिनामा दिएपछि सिंहदरबारबाट विदा भएका छन् ।

प्रचण्ड झण्डै दश महिना सरकारको नेतृत्व गरेका थिए । उनले आजमात्रै जनताको नाममा सम्बोधन गर्दै पदबाट राजिनामा दिएका हुन् । आफू नेतृत्वको सरकारले गरेका कामहरुको चर्चा गर्दै अन्ततः उनले पदबाट राजिनामा दिए । प्रधानमन्त्री प्रचण्ड सिंहदरबारबाट विदा भएका छन् । उनले बुधबार राष्ट्रको नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री पद त्यागेको घोषणा गरे ।

हुन त प्रधानमन्त्री दाहालले हिजै राजिनामा दिने तयारी गरेका थिए । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसद अवरोधको कारण उनले आज संसदबाट नभई प्रधानमन्त्री कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गरेर राजिनामा दिएका हुन् ।

सम्बोधनका क्रममा निकै भावुक बनेका प्रचण्डले आफ्नो सम्बोधन सकिएलगत्तै हँसिलो मुद्रामा सिंहदरवारबाट हात हल्लाउँदै बाहिरिएका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनी प्रमुख दल नेपाली कांग्रेसको समर्थनमा २०७३ साउन १९ गते दोस्रोपटक प्रधानमन्त्री बनेका थिए । उनी ०६४ सालमा गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री बनेका थिए ।

हेर्नुहोस् सिंहदरबारबाट विदा भएका प्रधानमन्त्री दाहालको तस्विरहरु :

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्