Logo

वार्षिक नीति तथा कार्यक्रम आज व्यवस्थापिका संसद्मा पेस हुँदै



काठमाडौं, ११ जेठ । सरकारको वार्षिक नीति तथा कार्यक्रम आज व्यवस्थापिका संसद्मा पेस हुँदैछ। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम संसदमा पेस गर्नेछिन्।

नीति तथा कार्यक्रम पेसका लागि अपरान्ह ४ बजे संसद् बैठक बोलाइएको छ। चुनावी आचारसंहिताका कारण यो पटक बजेट र वार्षिक नीति कार्यक्रममा कुनै नयाँ विषय समेटिएका छैनन्।

नयाँ कार्यक्रमभन्दा पुरानै कार्यक्रमको निरन्तरता र विस्तारमात्र गरी नीति तथा कार्यक्रम तय भएको अर्थ मन्त्रालयले यसअघि नै स्पस्ट पारिसकेको छ।

 



प्रतिक्रिया दिनुहोस्