Logo

चुनावमा भाग लिने वा नलिने भन्दै मोर्चाभित्रै चर्को विवाद



काठमाडौं, ११ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा दिएपछि मधेशी मोर्चावीच अहिले मत बाझिएको छ।

प्रचण्डले राजिनामा दिएपछि मोर्चा दोस्रो चरणको निर्वाचनमा भाग लिने वा नलिने भन्नेबारेमा अहिले मत बाझिएको छ।

एकथरी नेताहरु चुनावमा जसरी पनि भाग लिनुपर्छ भन्दै चुनावी तयारीमा जुटेका छन् भने अर्कोथरी नेताहरु भने चुनावमा भाग नलिने भन्नेबारेमा रणनीति तय गर्दैछन् ।

नवगठित राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर भने चुनावमा नजाने भन्दै थप आन्दोलनका कार्यक्रम बनाउने तयारीमा जुटेका छन् ।
उता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने पहिलो चरणको निर्वाचनमै भाग लिएका थिए ।

उनी दोस्रो चरणको निर्वाचनमा भाग लिने तयारीका साथ पार्टी सुदृढिकरण अभियानमा जुटिसकेका छन् । स्थानीय तहको निर्वाचनमा असन्तुष्ट मोर्चाका सबै दलहरुलाई निर्वाचनमा सहभागी गराउनको लागि तराई मधेशमा स्थानीय संख्या थपिएको छ।

तर पनि राजेन्द्र महतो, राजकिशोर यादव लगायतका शीर्ष नेताहरु चुनावमा नजाने भन्दै असन्तुष्ट पोख्दै हिँडिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्