Logo

कांग्रेसले बोलायो सर्वदलीय बैठक



काठमाडौं १६ जेठ । सरकारको नेतृत्वका लागि नेपाली कांग्रेसले अग्रसरता लिएको छ । सहमतिको सरकार गठनका लागि आज संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिय सरकार गठनका लागि संसद्मा रहेका दलहरुलाई आह्वान गरेको सात दिनको समय सकिन लाग्दा संसद्को ठूलो दल कांग्रेसले सहमतिय सरकार गठनको पहल थालेको हो।

संसद् भवन नयाँ बानेश्वरको शंकर हलमा बिहान साढे आठ बजेका लागि बोलाइएको बैठक कांग्रेसले सरकार गठनका लागि सहयोग माग्ने छ । सर्वदलीय बैठकको निमन्त्रणसहित पार्टी नेतृत्वमा सर्वदलीय सरकार गठनका लागि सहयोग माग्दै सोमबारै कांग्रेसले पत्र पठाएको छ। वर्तमान गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि उम्मेदवारी दिनेछन् । संसद्मा प्रधानमन्त्री चयन प्रक्रिय सुचारु ढंगलअघि वर्तमान गठबन्धनबाटै देउवा जेठ २२ गते भित्र प्रधानमन्त्रीमा निर्वाचित हुने छन्।



प्रतिक्रिया दिनुहोस्