Logo

राजपाले गर्यो चुनावको अर्को मिति प्रस्ताव



काठमाडौं १६ जेठ । सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन ९ असारमा गर्ने निर्णय गरेसँगै राजपाले नयाँ मिति प्रस्ताव गरेको छ । राजपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पाँचदिन पछि असार १३ गते चुनाव सार्न प्रस्ताव गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टीका मागलाई सम्बोधन गर्दै निर्वाचनमा सहभागी गराउने गरी ३१ जेठमा हुने तय भएको दोस्रो चरणको स्थानीय तह निर्वाचन १० दिनपछि ९ असारमा गर्ने निर्णय गरेको छ । राजपाका नेता महेन्द्र राय यादवले ९ गते मुस्मिल समुदायका रमजानको विषेश दिन भएकाले १२ गते पर्व सकिएपछि १३ गते गर्न प्रस्ताव गरेको बताए ।

‘चुनाव १३ गते गर्नुपर्ने हाम्रो प्रस्ताव छ ’ नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुरागर्दै उनले भने, ‘५ दिन पछि चुनाव सार्द मुस्लिम समुदायको चाड पनि सकिन्छ चुनावका लागि पनि बाताबरण बन्छ त्यसकारण चुनाव १३ गते गर्नुपर्छ । ’ राजपाको माग सम्बोधन गर्नकै लागि सरकारले दल दर्ता तथा चिह्नबारे निक्र्योल गरेर अघि बढ्न ऐन संशोधनका लागि प्रक्रिया अघि बढाएको सरकारले बताएको छ ।

मधेसकेन्द्रित ६ वटा दलबीच एकीकरण भएपछि बनेको राजपाले आफ्ना माग सम्बोधन नभए निर्वाचन कुनै हालतमा हुन नदिने रणनीतिसहित आन्दोलमा छ । चुनावको मिति सारेपछि थप रणनीति बनाउन उनीहरु आज छलफल गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस्