Logo

गोसाईकुण्डमा गंगादशहरा मेला सुरु 



काठमाडौं, १६ जेठ । विदुर रसुवामा प्रसिद्ध गंगादशहरा मेला सुरु भएको छ । गंगादशहरा मेलाका अवसरमा गोसाइकुण्डमा स्नान गर्नेहरु दैनिक पुगिरहेका छन् ।गोसाइकुण्डमा प्रत्येक वर्ष जेष्ठ प्रतिपदादेखि दशमीसम्म लाग्ने गंगादशहरा मेला भर्नका लागि देशका विभिन्न स्थानहरुवाट सर्वसाधारण तीर्थालु भक्तजन गोसाइकुण्ड जान थालेका छन् । उकालै उकालोको विशेषता रहेको गोसाइकुण्डमा वर्षको दुई पटक मेला लाग्ने गरेको छ ।

गोसाइकुण्ड गाउँपालिका ९५ मा रहेको गोसाइँकुण्ड समुन्द्रीसतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाइमा रहेको छ । सर्वसाधारण सदरमुकाम धुन्चेदेखि दुई दिनको पैदल उकालो हिंडेर गोसाइकुण्ड पुग्ने गरेका छन् । प्रत्येक वर्षको गंगादशहरा र जनैपुर्णिमाका अवसरमा गोसाइकुण्डमा स्नान गर्नेहरुको मेला लाग्ने गर्दछ । कुण्डमा नुवाकोट, रसुवा, काठमाडौ उपत्यका तथा धादिङ, चितवनलगायत विभिन्न स्थानवाट सर्वसाधारण स्नानका लागि पुग्ने गर्दछन् ।

यस वर्षको गंगादशहरा मेला यहि जेठ २१ गतेसम्म जारी रहने गोसाइकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सन्जिव डिएमले वताउनुभयो । उहाका अनुसार कुण्डमा स्नान गर्न यस पटक सात हजार भक्तजन पुग्ने अपेक्षा गरिएको छ ।गत वर्षको तुलनामा यस तीर्थयात्री बढ्ने अनुमान गरिएको छ । गत वर्ष दशहरा मेला भर्नका लागि ३ हजार भन्दा बढि भक्तजन आएका थिए ।

कुण्डमा स्नान गरी गोसाइवावा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफुले चित्ताएको सवै मनोकांक्षा पुरा हुने जनविश्वासका साथ वर्षेनी हजारौँ भक्तजनहरु कुण्डमा स्नान गर्न पुग्ने गर्दछन् । पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानव विच लडाई हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरि विषको डाह शान्त पार्न हिमालमा पुगेर त्रिशूलले पहरामा वजार्दा गोसाइकुण्ड उत्पत्ति भएको पौराणिक मान्यता रहेको छ ।

हिमालय खण्डको काखमा आई गोसाइवावा भगवान शिव शंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशुल धाराको उत्पति भई त्रिशूल धाराको पानीबाट गोसाईकुण्डको उत्पति भएको भन्ने किम्वदन्ती रहेको छ । रसुवाको पर्यटकिय तथा पवित्र धार्मिक तिर्थस्थल गोसाईकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरि बर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन् । अन्नपूर्ण



प्रतिक्रिया दिनुहोस्