Logo

हडर्सफिल्ड टाउन प्रिमियर डिभिजनमा बढुवा, रिडिङ टाई ब्रेकरमा पराजित



काठमाडौं, जेठ १६ । इङ्लिस क्लब हडर्सफिल्ड टाउन प्रिमियर डिभिजनमा बढुवा भएको छ । दोस्रो श्रेणीको च्याम्पियनसीप प्ले अफ् अन्तर्गत सोमबार राति भएको फाइनलमा रिडिङलाई टाई ब्रेकरमा हराउँदै हडर्सफिल्ड टाउन पहिलो पटक प्रिमियर डिभिजनमा उक्लिएको हो ।

रिडिङ विरुद्धको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोलरहित भएपछि खेल टाई ब्रेकरमा पुग्यो । टाई ब्रेकरमा हडर्सफिल्ड टाउन ४-३ ले विजयी भयो ।

सन् १९७२ मा स्थापना भएको उत्तरी इङ्ल्यान्डको हडर्सफिल्ड टाउन यो सिजनको च्याम्पियनसिपमा पाँचौ हुँदै प्ले अफ्का लागि छानिएको थियो । च्याम्पियनसिपमा शीर्ष दुई स्थानमा रहँदै न्युकासल युनाईटेड र ब्राईटन यसअघि नै प्रिमियर डिभिजनमा उक्लिसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्