Logo

बढ्दो हवाई दुर्घटनाप्रति उपराष्ट्रपति चिन्तित



काठमाडौँ, १६ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुनले बढ्दो हवाई दुर्घटनाप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

उहाँले आज बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाका विमान दुर्घटना हुँदा ज्यान गुमाउनुभएका पाइलट महासेनानी कैलाश गुरुङ र शनिबार सोलुखुम्बुका लुक्ला विमानस्थलमा गोमा एयरको कार्गो विमान दुर्घटना हुँदा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सो चिन्ता व्यक्त गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जारी गर्नुभएको प्रेस नोटमा उल्लेख छ ।

उपराष्ट्रपतिले हवाई दुर्घटनामा ज्यान गुमाउनुभएका शोकाकुल परिवारजनमा गहिरो समवेदना र दुवै दुर्घटनामा घाइते हुनेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले नेपाली हवाई यात्रालाई सुरक्षित बनाउनेतर्फ ध्यान दिन सरकार र सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्