Logo

दोस्रो चरणको निर्वाचन असार १४ मा गर्ने सरकारको निर्णय



काठमाडौं, १७ जेठ । सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचन आगामी असार १४ गते गर्ने निर्णय गरेको छ ।

बुधबार  बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

मुस्लिम समुदायको मुख्य पर्व रमजान असार १३ गतेसम्म हुने र पहिलो चरणको निर्वाचनमा भाग नलिएका दलहरुलाई पनि निर्वाचनमा सहभागी हुने वातावरण निर्माणका लागि दोस्रो चरणको निर्वाचनको मिति पुनः ५ दिन पछि सार्ने निर्णय लिनु परेको उपप्रधानमन्त्री विमलेन्द्र निधिले जानकारी दिए।

सरकारले राष्ट्रिय जनता पार्टी, नेपाललाई निर्वाचनमा सहभागी गराउन आवश्यक ऐनको संशोधन गर्ने समय समेतलाई ख्याल गरी स्थानीय तहको दोस्रो तहको निर्वाचनको मिति पुनः सारेको हो ।

उम्मेदवारी मनोनयन गर्नु भन्दा १५ दिन अघिनै दल दर्ता गरिसक्नुपर्ने कानुनी प्रावधान रहेकाले त्यसलाई संशोधन गर्न सरकारले मंगलबार नै स्थानीय तह निर्वाचन ऐन संशोधन प्रस्ताव संसदमा दर्ता गराईसकेको छ ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रदेश नम्बर १, २, ५ र ७ मा हुँदैछ।

 



प्रतिक्रिया दिनुहोस्