Logo

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आज मध्यमाञ्चल र पश्चिमाञ्चल भिड्ने



काठमाडौं, १७  जेठ । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका खेलहरु वर्षाले प्रभावित हुन थालेका छन् ।
हरेक दिन पानी पर्न थालेपछि सहभागी टोलीहरु आफ्नो प्रदर्शनमा भन्दा पनि मौसमको भर पर्न बाध्य भएका छन् ।कीर्तिपुर मैदानमा मंगलबार दिनभर जसो पानी परेपछि मध्यपश्चिमाञ्चल विकास क्षेत्र र मध्यमाञ्चल विकास क्षेत्रबीचको खेल रद्द भएको छ ।

खेलमा पहिले ब्याटिङ गरेको मध्यपश्चिमाञ्चलले ४३ ओभर २ बलमा अलआउट हुँदै १ सय २३ रन बनाएको थियो । जवाफमा मध्यमाञ्चलले ४ ओभर २ बल खेल्दा १ विकेट गुमाएर २३ रन बनाउँदा वर्षा भएपछि खेल अगाडि बढ्न सकेन । खेल रद्द भएसँगै दुवै टिमले एक एक अंक बाँडेका छन् ।

यसअघि सोमबार एपीएफ र पश्चिमाञ्चलविचको खेल पनि वर्षाले प्रभावित बनेको थियो । प्रधानमन्त्री कप क्रिकेटमा आज मध्यमाञ्चल र पश्चिमाञ्चल भिड्नेछन् ।



प्रतिक्रिया दिनुहोस्