Logo

एमालेद्वारा संसद अवरुद्ध, अर्को बैठक भोलि १ बजे बस्ने



काठमाडौं, १७ जेठ ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको मत गणना तत्काल सुरु गर्नुपर्ने माग गर्दै व्यवस्थापिका संसद अवरुद्ध पारेको छ ।

व्यवस्थापिका–संसदकी सभामुख ओनसरी घर्तीले बुधबारको व्यवस्थापिका संसद बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै एमाले सांसदले उठेर विरोध जनाएका थिए ।

बैठकमा समय लिएर बोलेका एमाले सांसद सुरेन्द्र प्रसाद पाण्डेले मतपत्र च्यात्ने नेकपा माओवादी केन्द्रको क्रियाकलापलाई पराजित मानसिकताले उद्त र जनतामाथिको कुर्किति भनी टिप्पणी गरे।

वैशाख १५ गते राति भरतपुर महानगरपालिकाको मतगणना स्थलमा वडा नम्बर १९ को मतगणना हुँदै गर्दा माओवादी केन्द्रका प्रतिनिधि द्रोण बहादुर सिवाकोटी र मधु न्यौपानेले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको हो ।

अाजको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार प्रस्तुत गरेको अार्थिक वर्ष २०७४/०७५ को बजेटबारे छलफल गर्ने कार्यसूची थियो।



प्रतिक्रिया दिनुहोस्