Logo

भरतपुरमा च्यातिएको मतपत्र गनेर रिपोर्ट पठाउन निर्वाचन आयोगको निर्देशन



काठमाडौं, १७ जेठ । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा च्यातिएका मतपत्रको संख्या गनेर रिपोर्ट पठाउन निर्देशन दिएको छ ।

बुधबार बसेको निर्वाचन आयोगको बैठकले पर्याप्त सुरक्षा व्यवस्था मिलाएर शिलबन्दी खोल्ने निर्णय गरेको हो ।

अनुगमन टोलीले च्यातिएको मतपत्र यकिन नभएको रिपोर्ट बुझाएपछि  बसेको बैठकले शिलबन्दी सम्भव भएसम्म प्रमुख, उपप्रमुख र सम्वन्धित वडाका उम्मेदवार वा एक-एक जना प्रतिनिधिका साथै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको रोहबरमा मात्र खोल्नुपर्नेछ ।

शिलबन्दी खोलेर च्यातिएर नोक्सान भएका मतपत्रको संख्या यकिन गरेर प्रतिवेदन पठाउन भरतपुरका मुख्य निर्वाचन अधिकृतलाई भनिएको आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्